SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

रेबिज खोपको संकट टार्न काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई खोप सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा देखिएको रेबिज विरुद्धको खोपको अभाव टार्न सहयोग स्वरूप खोप उपलब्ध गराएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एक औपचारिक कार्यक्रमका बीच उक्त खोप अस्पताल प्रशासनलाई हस्तान्तरण गरिन् ।