SHARE
पर्दाफास · शुक्रबार​ १२ असार २०८३ ०८:३६ AM · 1 मिनेट पढाइ

गृहमन्त्रीलाई सांसद चन्दको प्रश्न– सुकुम्बासीको खानामा किरा भेटियो, सरकारलाई के कारबाही हुन्छ ?

राष्ट्रिय सभाकी सांसद रेनु चन्दले सुकुम्बासीको खानामा किरा भेटिएको भन्दै सरकारलाई के कारबाही गर्ने हो भनेर प्रश्न गरेकी छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद चन्दले गृहमन्त्रीले खान लागेको अमलेटमा काँडा भेटिएपछि तीन लाख रुपैयाँ जरिवाना गरिएको प्रसंग उल्लेख गर्दै सुकुम्बासीको खानामा किरा भेटिँदा सरकारलाई कति जरिवाना गर्ने हो भन्ने प्रश्न उठाइन् ।