जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तत्काल अगाडि बढाउन काँग्रेसको माग
नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायाले जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्प प्रभावित जिल्लामा तत्काल पुनर्निर्माणको कार्य शुरु गर्न सरकारसमक्ष माग गरेका छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले भूकम्प गएको साढे दुई वर्षसम्म पनि पुनर्निमाणको कार्य अघि बढ्न नसक्नु अत्यन्त दुःखद् भएको बताए ।
