SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

खालीखुट्टा स्कुल जाने विद्यार्थीले पाए चप्पल

नेपालगन्ज (अन्नपूर्ण) : बाँकेको नरैनापुर गाउँपालिका–४ नरैनापुरको अरबिया गुल्सने वारिस मदरसाका खालीखुट्टामा स्कुल जाने विद्यार्थीलाई नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघ बाँकेले साढे ६५ हजार रुपैयाँबराबरको चप्पल सहयोग गरेको छ।३ असारको अन्नपूर्ण पोस्ट् दैनिकमा तातो तावा जस्तो सडक, खालीखुट्टामै विद्यार्थी शीर्षकको समाचार प्रकाशित भएपछि संघका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद पोखरेलले चप्पल संकलनका लागि पहल गरेका थिए।