SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

स्याङ्जाका ११ वटै पालिकाको बजेट सार्वजनिक, जिल्लाभर ६ अर्ब ९८ करोड बिनियोजन

स्याङ्जा : स्याङ्जाका ११ वटै स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन् । नगरपालिकामा उपप्रमुख र गाउँपालिकामा उपाध्यक्षले आउदो आर्थिक बर्षका लागि बजेट सार्वजनिकरण गरेका हुन् ।  जिल्लाका ५ नगरपालिका र छ गाउँपालिकाले ६ अर्ब ९८ करोड ४२ लाख ८७ हजार ४७३ रुपैंयाँको बजेट सार्वजनिक गरेका हुन् । पूँजीगतभन्दा कतै दोब्बर भन्दा बढी र कतै झण्डै तेब्बरको अंकमा चालु पुँजीमा रकम बिनियोजन भएको छ । पुतलीबजार नगरपालिकाले ९६ करोड ७३ लाख १६ हजार ४ सय रुपैंयाँको बजेट सार्वजनिक गरेको छ ।