SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

विपिन आचार्यलाई रास्वपा महामन्त्रीमा पाँच नेताको समर्थन

चितवन :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चुनिने भएको छ ।  रास्वपाको विधानअनुसार चुनावबाट दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।सोही व्यवस्था अनुसार उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् । तर, महामन्त्रीमा उम्मेदवारी दिएका आठ जनामध्ये चार जनाले विपिन आचार्यलाई समर्थन गर्दै फिर्ता लिएका छन् । आचार्य सभापति रवि लामिछाने निटक नेता हुन् ।