SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

प्रतिनिधिको मतबाट टुंगो लागोस्, बन्द कोठाबाट होइन: गणेश कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदका उम्मेदवार गणेश कार्कीले प्रतिनिधिहरूलाई स्वतन्त्र रूपमा आफ्नो मताधिकार प्रयोग गर्न दिनुपर्ने बताएका छन् । महामन्त्री पदका आकांक्षीहरूले उम्मेदवारी फिर्ता लिँदै विभिन्न उम्मेदवारलाई समर्थन गर्ने क्रम चलिरहेका बेला कार्कीले सर्वसम्मतिको नाममा प्रतिनिधिमाथि प्रभाव पार्ने प्रयास उचित नहुने धारणा राखेका हुन् ।