युरोपमा रेकर्डस्तरको गर्मी, मानवसिर्जित जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम भएको वैज्ञानिकहरूको निष्कर्ष
पेरिस । युरोपमा यस वर्ष देखिएको रेकर्डस्तरको गर्मीको लहर मानवसिर्जित जलवायु परिवर्तनकै प्रत्यक्ष परिणाम भएको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् । वैज्ञानिकहरूका अनुसार ५० वर्षअघि जुन महिनामा यस्तो अत्यधिक गर्मी आउनु लगभग असम्भव थियो, तर जलवायु परिवर्तनका कारण अहिले यस्ता उष्ण लहरहरू बारम्बार र अझ खतरनाक बन्दै गएका छन् ।
