जाजरकोट भूकम्पपीडितको पुनर्निर्माण तत्काल सुरु गर्न सरकारसँग सांसद रोकायाको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित जिल्लामा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भूकम्प गएको यतिका समय बितिसक्दा पनि जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडित परिवारका लागि पुनर्निर्माण सुरु हुन नसक्नु अत्यन्त दुःखद् भएको बताए ।
