SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

प्रचण्ड,माधव नेपाल र शेखर कोइरालाबीच भेटवार्ता

विराटनगर : विराटनगरमा तीन नेताबीच गोप्य राजनीतिक संवाद भएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सह-संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच शुक्रबार बिहान विराटनगरमा भेटवार्ता भएको हो । विराटनगरस्थित कोइराला निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था,पछिल्ला राजनीतिक घटनाक्रम, संसद्को भूमिका तथा राष्ट्रिय सरोकारका विविध विषयमा गम्भीर छलफल भएको जनाइएको छ ।