SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

कबिन्द्रले फिर्ता लिए महामन्त्री पदको उम्मेदवारी

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कबिन्द्र बुर्लाकोटीले महामन्त्री पदका लागि दिएको आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निवर्तमान महामन्त्री समेत रहेका बुर्लाकोटीले पार्टीको हितलाई सर्वोपरी ठान्दै निरन्तरको संघर्षबाट निर्माण गरिएको पार्टीमा एउटा जिम्मेवारीका लागि करिब दर्जन उम्मेदवार साथीहरूसँग भिडेर जिम्मेवारीको दौडमा रहनु खास चाहना नभएको बताएका छन् ।