नेपालमा जलवायु वित्तको पहुँच विस्तारका लागि क्षेत्रीय परियोजना शुरु
काठमाडौं । जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालका सीमान्तकृत समुदायको जीविकोपार्जन सुधारका लागि नयाँ पहल शुरु भएको छ । ‘इन्क्लुसिभ क्लाइमेट फाइनान्स फर भल्नेरेबल कम्युनिटीज इन एसिया–प्यासिफिक’ (आईसिसिपी) परियोजनामार्फत जोखिममा परेका सीमान्तकृत समुदायमा वित्तीय पहुँच बढाइने भएको हो । यो परियोजनामार्फत समुदायलाई आवश्यक पर्ने जलवायु अनुकूलनका वित्तीय स्रोतहरूमा पहुँच बढाउने लक्ष्य राखिएको छ ।
