दुर्व्यसनीलाई अपराधी होइन, बिरामी मान्ने गृह मन्त्रालयको रणनीति
काठमाडौं । गृह मन्त्रालयले लागुऔषध नियन्त्रण र ओसारपसार विरुद्धको कार्य योजनामा परिवर्तन गर्दै दुर्व्यसनीहरूलाई अपराधीको रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अघि सारेको छ । लागुऔषध नियन्त्रण तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्य लागुऔषध नियन्त्रण अधिकारी एवं सहसचिव सुमन घिमिरेले सरकारको आगामी रणनीति र वर्तमान अवस्थाबारे जानकारी गराएका हुन् ।
