SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०६:५६ AM · 1 मिनेट पढाइ

विश्वकप नकआउट समीकरण: कसरी छानिँदै छन् ३२ टोली

काठमाडौँ। अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ समूह चरणको खेल अन्तिम मोडमा पुगेको छ। यस पटक विस्तारित ढाँचाअनुसार १२ समूहमा विभाजित ४८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। तीमध्ये ३२ टोलीले मात्र नकआउट चरणमा स्थान बनाउनेछन्।