SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

केतन हत्या प्रकरण : सियाले मार्न नसकेपछि प्रेमी चेतन आफैले भीरमा धकेली दिए

भारत : भारत महाराष्ट्रस्थित लोहगढ किल्लामा व्यवसायी केतन अग्रवाललाई करिब ४०० फिट गहिरो भीरबाट धकेलर हत्या गरिएको घटनामा हरेक दिन नयाँ खुलासा भइरहेका छन् । हत्या आरोपमा पक्राउ परेकी उनकी हुनेवाला दुलही सिया गोयल र उनका प्रेमी चेतन चौधरीको सम्बन्ध प्रहरी हिरासतमा पुगेपछि बिग्रिएको छ । दुवैले अहिले एकअर्कामाथि हत्याको आरोप लगाइरहेका छन् ।प्रहरी समक्ष दुवैले यसअघि सार्वजनिक नभएका धेरै तथ्य स्वीकार गरेका छन् ।