SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

पराग्वेसँग बराबरी खेल्दै अस्ट्रेलिया समूह उपविजेताको रुपमा नकआउटमा

काठमाडौं : फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा अस्ट्रेलिया र पराग्वेले गोलरहित बराबरी खेलेका छन् । सन फ्रान्सिस्कोमा बे एरिया स्टेडियममा भएको खेलमा कुनै पनि गोल हुन सकेन । फलस्वरूप १ जित र १  बराबरीसहित अस्ट्रेलिया ४ अङ्क जोडेर समूह ‘डी’ को उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । अस्ट्रेलियासँग पराजित भएको पराग्वेको नकआउट पुग्ने सम्भावना कायमै छ ।