SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

रास्वपा नेता बास्कोटा र खरेलले लिए उम्मेदवारी फिर्ता

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता समीक्षा बास्कोटा र जगदीश खरेलले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । बास्कोटाले उनले पार्टीलाई अझ एकताबद्ध बनाउन र सहि लयमा अघि बढाउन एक दकम पछि हट्नु परिपक्वता र बुद्धिमानीपूर्ण हुने ठान्दै उपसभापति पदका लागि घोषणा गरेको उम्मेदवारी फिर्ता लिएको जानकारी गराएकी छन् । बास्कोटाले उपसभापति पदकी अर्की उम्मेदवारलाई सोविता गौतमलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् ।