प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित
काठमाडौं : प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ वमोजिम स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले आगामी बैठक शनिबार (भोलि) ११ बजे बस्ने गरी तय गरेको संसद सचिवालयले जनाएको छ । यसअघि बिहीबार तय गरिएको बैठक विशेष कारण देखाउँदै सूचना टाँसेर स्थगित गरिएको थियो ।
