न्याय कुरिरहेको बागमती सभ्यता
धार्मिक आस्था र नेपाली सभ्यताको जीवित प्रतीक बागमती नदी आज केवल वातावरणीय प्रदूषणको मात्र होइन, शासकीय अराजकता र नागरिकको रोदनको पर्याय बनेको छ। काठमाडौं उपत्यकाको मुटु चिरेर बग्ने यस पवित्र नदीको सौन्दर्यीकरणका नाममा तीन दशकअघि राज्यले जुन कदम चाल्यो, त्यसले नदीको स्वरूप त फेरेन, तर पुस्तौंदेखि माटो सुँघेर बाँचेका सोझा किसानलाई भने आफ्नै आँखाअगाडि सुकुम्बासी बनाइदियो।हिन्दुहरूको आस्था र विश्वासको केन्द्र मानिँदै आएको पवित्र बागमती नदी काठमाडौं उपत्यकाको मध्यभाग भएर चोभार हुँदै बाहिरिने गरेको छ।
