रास्वपा केन्द्रीय सदस्यमा को-को भए निर्वाचित? स्वर्णिम वाग्लेलाई सर्वाधिक मत !
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो ऐतिहासिक महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । पार्टीको निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खुलातर्फ ३२ जनासहित विभिन्न समूहबाट गरी कुल ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।रास्वपाले स्थापनाकालपछि पहिलो पटक महाधिवेशनमार्फत लोकतान्त्रिक प्रक्रियाबाट नयाँ केन्द्रीय नेतृत्व चयन गरेको हो ।सार्वजनिक मतपरिणामअनुसार रास्वपाका उपसभापति समेत रहेका डा।
