SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

भेनेजुएला भूकम्प: मृतकको संख्या २३५ पुग्यो, हजारौँ मानिस बेपत्ता

काराकास : दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या २ सय ३५ पुगेको छ। एकपछि अर्को गर्दै आएका दुईवटा शक्तिशाली भूकम्पका कारण देशमा व्यापक जनधनको क्षति भएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको केही सेकेन्डमै अर्को ७.५ म्याग्निच्युडको महाभूकम्प गएको थियो।दुवै भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा कम गहिराइमा (क्रमशः २०.३ किमी र १० किमी) भएकाले यसले निकै ठूलो विनाश निम्त्याएको हो।