SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

ट्युनिसियाविरुद्ध जित दर्ता गर्दै नेदरल्यान्ड्स समूह विजेताका रूपमा नकआउटमा

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा ट्युनिसियाविरुद्ध जित दर्ता गर्दै नेदरल्यान्ड्स समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। कान्सास स्टेडियममा भएको खेलमा ट्युनिसियालाई ३-१ ले पराजित गर्दै नेदरल्यान्ड्स समूह 'एफ' को विजेता बनेको हो।खेलको सुरुवाती तेस्रो मिनेटमा नै ट्युनिसियाले आत्मघाती गोल बेहोर्यो। ट्युनिसियाका एलिस स्खिरीले आफ्नै पोस्टमा गोल गरेपछि नेदरल्यान्ड्सले सुरुवाती अग्रता लिएको थियो।