SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

समूह एफको उपविजेताको रूपमा जापान नकआउटमा, स्विडेन पनि नकआउटमा

काठमाडौं: फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको उपविजेताको रूपमा जापानले नकआउट खेल्ने भएको छ। डालास स्टेडियममा भएको खेलमा स्विडेन र जापानले १-१ बराबरी खेल्दै अङ्क बाँड्दा तालिकामा दोस्रो हुँदै जापान उपविजेताको रुपमा नकआउट प्रवेश गरेको हो। जापानसँग बराबरी खेलेसँगै स्विडेन पनि उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट प्रवेश गरेको छ।पहिलो हाफ गोल रहित बराबरीमा सकिँदा खेलको दोस्रो हाफमा दुवै गोल भएका थिए। खेलको ५६ औं मिनेटमा जापानका लागि दाइजेन माएदाले गोल गर्दै तिमीलाई अग्रतामा ल्याएका थिए।