SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् । पदाधिकारी चयनका लागि तय गरिएको निर्वाचन कार्यक्रमअन्तर्गत पुरुषतर्फको उपसभापति पदमा डा. वाग्लेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।नवनिर्वाचित केन्द्रीय सदस्य डा. वाग्लेको प्रस्तावकमा सोही पदका आकांक्षी एवं नवनिर्वाचित केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठ बसेका छन्।