SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

निराशाको स्मारक बन्दै सिक्टा सिँचाइ

कतै आशा त कतै निराशा बगेको छ, सिक्टा सिँचाइमा। खेत अगाडि राष्ट्रिय गौरवको सिँचाइ नहर छ, तर अधिकांश किसान आकाशतिर हेरेर भगवान्सँग पानी माग्दैछन्। बाँकेका किसानहरूको यो नियतिले हाम्रो राज्य संयन्त्रको चरम असफलता र विकास निर्माणको बेथितिलाई गिज्याइरहेको छ। दुई दशकभन्दा बढी समय र २२ अर्ब रुपैयाँभन्दा बढी राज्यको ढुकुटी खर्च भइसक्दा पनि सिक्टा सिँचाइ आयोजना केवल ४४ प्रतिशत भौतिक प्रगतिमा खुम्चिनु गम्भीर चिन्ताको विषय हो।