SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

काठमाडौं : देशका पूर्वी र मध्य भू-भागमा मनसुनी वायूको प्रभाव थप बलियो बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू-भागमा मनसुनी वायूले पूर्ण प्रभाव जमाएको छ।यस्तै, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागमा समेत मनसुनी वायू सक्रिय रहेको छ। देशका अन्य पश्चिमी भू-भागमा भने पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव देखिएको छ।