SHARE
अन्नपूर्ण · बिहीबार ११ असार २०८३ ११:०१ PM · 1 मिनेट पढाइ

घरमा छापा मारेर १५८ केजी गाँजा बरामद

वीरगन्ज : पर्साको ठोरी गाउँपालिका-४ मा सशस्त्र प्रहरीले कर्डन एण्ड सर्च अप्रेसन सञ्चालन गरेर ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।अप्रेसनअन्तर्गत बिहीबार सीमा सुरक्षा गुल्म हेडक्वाटर भीखमपुर र सुवर्णपुरबाट खटिएको ५४ जना सशस्त्र प्रहरीको टोलीले ठोरी-४ मिलचोकस्थित गम्भीर श्रेष्ठको घरमा छापा मारेको थियो। त्यसक्रममा श्रेष्ठको घरभित्र लुकाएर राखिएको अवस्थामा ११ वटा बोरामा रहेको १५८ केजी गाँजा बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।