तिब्बती नागरिकले गोरखाबाट नागरिकता बनाएको भन्दै कारबाहीको माग
गोरखा : तिब्बती नागरिकले झुठा विवरण पेश गरी गोरखाबाट नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय गोरखामा उजुरी परेको छ। लोरसाङ तेञ्जिङ लामाले साविक प्रोक गाविस वडा नं. ८ को स्थायी बासिन्दा हुँ भनी झुठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट नागरिकता लिएकाले छानबिन गरी कारबाही गर्न माग गर्दै उजुरी परेको हो। निवेदनमा लोरसाङ तेञ्जिङ तिब्बती नागरिक भएको दाबी गरिएको छ।
