टिपरको ठक्करबाट बालिकाको मृत्यु, बिर्ताबजार बन्यो तनावग्रस्त
झापा : झापाको बिर्ताबजारमा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको छ। बालिकाको मृत्युपश्चात बिर्ताबजारमा तनाव उत्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज साँझ ७ बजे बिर्तामोड नगरपालिका–३ बिर्ताबजारको हटियालाईनस्थित भित्री सडक खण्डको अधुवाखोला पुलमा रामचौकबाट भद्रपुरतर्फ आउँदै गरेको मिक्स गिट्टी लोड भएको मे १ क ६४३ नम्बरको टिपरले सोही ठाउँका पैदलयात्री १० वर्षीया अनुकृति चापागाईंलाई ठक्कर दिएको थियो।
