SHARE
अन्नपूर्ण · बिहीबार ११ असार २०८३ ०९:०१ PM · 1 मिनेट पढाइ

विवाह गर्न प्रेरित गर्दै भीमेश्वरको नयाँ योजना, प्रोत्साहनवापत ५० हजार नगद

दोलखा : घट्दो जनसंख्या वृद्धिदरप्रति चिन्ता व्यक्त गर्दै दोलखाको भीमेश्वर नगरपालिकाले विवाहलाई प्रोत्साहन गर्ने उद्देश्यसहित नयाँ कार्यक्रम ल्याएको छ। नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा निश्चित उमेरसम्म अविवाहित रहेका नागरिकले विवाह गरेमा नगद प्रोत्साहन प्रदान गर्ने व्यवस्था गरेको हो।३५ वर्ष उमेर नाघेका अविवाहित महिला र ४० वर्ष उमेर नाघेका अविवाहित पुरुषले विवाह गरेमा नगरपालिकाले ५० हजार रुपैयाँ नगद प्रोत्साहन उपलब्ध गराउने नगर प्रमुख ईश्वर नारायण मानन्धरले बताए।