SHARE
अन्नपूर्ण · बिहीबार ११ असार २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

झुटो विवरणका आधारमा अंगीकृत नागरिकता दिने वडाध्यक्षसहित दुई जनप्रतिनिधि पक्राउ

विराटनगर : अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न खोज्ने व्यक्तिलाई झुटो विवरणका आधारमा सिफारिस दिएको आरोपमा मोरङको रंगेलीबाट वडाध्यक्षसहित दुई जना जनप्रतिनिधि पक्राउ परेका छन्। रंगेली नगरपालिका–५ का वडाध्यक्ष र वडा सदस्य पक्राउ परेका हुन्। नागरिकता प्रक्रियामा किर्ते विवरण प्रयोग भएको उजुरी र छानबिनपछि दुवै जनप्रतिनिधिलाई प्रहरीले बिहीबार पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको छ। पक्राउ पर्नेमा वडाध्यक्ष ५५ वर्षीय महानन्द मण्डल र वडा सदस्य ४६ वर्षीय गणेश ऋषिदेव रहेका छन्।