SHARE
अन्नपूर्ण · बिहीबार ११ असार २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

एनभीएलमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं : नेपाल भलिबल लिग (एनभीएल) मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक गरिएको छ । केडिया ग्रुप अन्तर्गतको नेपाल भलिबल लिगले बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसै बर्ष आयोजना हुने एनभीएलमा सहभागी हुने ६ फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक गरिएको हो ।एनभीएलमा सगरमाथा शमशेर, मधेश वारियर्स, काठमाडौं रेडर्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्सले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ ।