SHARE
कालिका खबर · बिहीबार ११ असार २०८३ ११:१६ AM · 1 मिनेट पढाइ

होल्डिङ सेन्टरबाट विकल्पविना हटाए पुरानै स्थानमा बस्ने सुकुम्वासीको चेतावनी

काठमाडौँ : सरकारले स्थायी व्यवस्थान नगरी होल्डिङ सेन्टरबाट हटाएमा पुरानै स्थानमा गएर बस्ने काठमाडौँका सुकुम्वासीले चेतावनी दिएका छन्। काठमाडौँको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा बसिरहेका भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी पुरानै ठाउँमा बसोबास गर्ने चेतावनी दिएका हुन्। उनीहरूले बसिरहेको ठाउँबाट हटाएको दुई महिना बितिसक्दा पनि स्थायी बसोबासका लागि कुनै विकल्प नदिएकोमा सरकारप्रति असन्तुष्टि जनाएका छन्। काठमाडौँका विभिन्न स्थानका सुकुम्वासी बस्तीमा बसिरहेका सुकुम्वासीलाई सरकारले गत वैशाख १२ गतेदेखि हटाउन सुरु गरेको थियो।