SHARE
अन्नपूर्ण · बिहीबार ११ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी

दोलखा : भीमेश्वर नगरपालिका–८ बोचमा घर नजिकैको बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन्। घर नजिकैको बारीमा उम्रेका च्याउ पकाएर खाएपछि जिरी माया तामाङका घरमा ६ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। उनीहरूलाई उपचारका लागि पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोटमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ।