SHARE
अन्नपूर्ण · बिहीबार ११ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले समता एजुकेशन फाउन्डेसनलाई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ।समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वासकासाथ आईएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।