SHARE
अन्नपूर्ण · बिहीबार ११ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

सेयर बजारमा गिरावट जारी, २ अर्ब ८३ करोडमा खुम्चियो कारोबार

काठमाडौं : नेप्से परिसूचक साढे ८ अंकले घटेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ८.५० अंकले घटेर २६५१.५२ विन्दुमा झरेको हो। अघिल्लो दिन बुधबार परिसूचक १४.४५ अंकले घटेर २६६०.०२ विन्दुमा अडिएको थियो।नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। यसदिन  ३३८ वटा स्क्रिप्सको ६४ लाख ८० हजार ५९९ कित्ता सेयर २ अर्ब  ८३ करोड ८२ लाख ७९ हजार  ४११ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।यसदिन ८३ वटा स्टक्सको मूल्य बढ्दा १७२ वटाको घट्यो।