SHARE
अन्नपूर्ण · बिहीबार ११ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

केतन हत्या : सिया–चेतनले क्याफेमा बनाएका थिए योजना, सीसीटिभीले खोल्यो पोल

भारत : युवा व्यवसायी केतन अग्रवाल हत्याकाण्डमा दिनहुँ नयाँ खुलासा भइरहेका छन् । प्रहरी अनुसन्धानका क्रममा मुख्य आरोपी सिया गोयल र उनका प्रेमी चेतन चौधरीको एउटा सीसीटिभी फुटेज फेला परेको छ । यो फुटेज केतनको हत्या हुनुभन्दा ठीक एक दिनअघिको हो । फुटेजमा सिया र चेतन पुणेको एक क्याफेमा सँगै देखिएका छन् ।प्रहरीको आशंका अनुसार उनीहरूले त्यहीँ बसेर केतनलाई कसरी बाटोबाट हटाउने भन्ने सम्पूर्ण योजना बनाएका थिए र भोलिपल्ट उनलाई धकेलेर हत्या गरेका थिए ।