SHARE
अन्नपूर्ण · बिहीबार ११ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

राहदानी विभागका महानिर्देशक अर्यालसहित सातजनाको थुनछेक बहस जारी

काठमाडौं : विद्युतीय राहदानी छपाइमा अनियमितताको आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ७ जनाको बयान सकिएसँगै थुनछेक बहस जारी छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल,हेमन्त रावल र उमेश कोइरालाको इजलासमा बिहीबार बयान सकिएसँगै थुनछेक बहस भइरहेको हो। बहस सकिएपछि अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा तथा तारेखमा रिहा गर्नेबारे निर्णय गर्नेछ।