भक्तपुरका चारवटै नगरपालिकाको बजेट सार्वजनिक
भक्तपुर : भक्तपुरको चारवटै नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को आय व्यय विवरण (बजेट) सार्वजनिक गरेका छन्। बुधबार आ-आफ्ना नगर सभामा उप प्रमुखहरूले बजेट प्रस्तुत गरेका हुन्।भक्तपुर नगरपालिकामा उपप्रमुख रजनी जोशीले आव २०८३/८४ का लागि २ अर्ब ५५ करोड रुपैयाँको बजेट प्रस्तुत गरिन्। विनियोजित बजेटमा चालुतर्फ १ अर्ब ५५ करोड ८९ लाख अर्थात् ६१.१३ प्रतिशत र पुँजीगततर्फ ९३ करोड ३१ लाख अर्थात् ३६.६० प्रतिशत तथा वित्तीयतर्फ ५ करोड ८० लाख (२.२७ प्रतिशत) विनियोजन गरिएको छ।
