SHARE
कालिका खबर · बिहीबार ११ असार २०८३ ०९:१३ AM · 1 मिनेट पढाइ

रास्वपाले अघि सारेको शासकीय स्वरूप प्रस्तावमा अरु दलसँग पनि छलफल भएको छ : सोविता गौतम

काठमाडौँ : कानूनमन्त्री एवं रास्वपा नेतृ सोविता गौतमले शासकीय स्वरूपका विषयमा रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको बताएकी छन् । महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले शासकीय स्वरूपका विषयमा रास्वपाको प्रस्ताव संविधान संशोधनसँग समेत जोडिएकाले व्यापक छलफलको आवश्यता रहेको भन्दै प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको बताइन् । रास्वपाले प्रदेशसभा खारेजी र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको नयाँ शासकीय स्वरूपसहित प्रस्ताव अघि सारेको छ । गौतमले आफूहरूको प्रस्तावमाथि छलफल भएर कहाँसम्म गएर सहमति हुन्छ भन्ने कुरामा निर्भर हुने उनको भनाइ छ । उनले भनिन्, ‘छलफल भइरहेको विषयवस्तु हो।