समस्यै समस्यामा सिक्टा,२२ अर्ब खर्च, मेरुदण्डै बनेन पक्का
नेपालगन्ज : बाँके रमुवापुरका आइरन पासीको खेतको छेउमै नहर छ। त्यो पनि चानेचुने होइन, राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा। तर, विडम्बना, असारको दोस्रो साता लागिसक्दा पनि न नहरमा पानी छ, न त खेतमा सिँचाइ नै भएको छ।त्यसैकारण खेत रोपाइँका लागि पासी कहिले पानी पर्ला भनेर आकाशमा बादल हेर्दै बसेका छन्। नहेरून् पनि किन? खडेरीले खेतमा छरेको गोबरमल सुकेर गुइँठाजस्तै भएको छ। बोरिङ गरेर सिँचाइ गर्ने हैसियत छैन।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
