विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन १ लाख ६८ हजार स्वयंसेवक परिचालन: नेत्रबहादुर कार्की
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले मुलुकभर विपद् व्यवस्थापन र प्रतिकार्यलाई प्रभावकारी बनाउन १ लाख ६८ हजारभन्दा बढी विपद् सूचक (स्वयंसेवक) परिचालन गरेको जानकारी दिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एवं सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले संगठनको विपद् व्यवस्थापन रणनीति र हालसम्मका प्रयासबारे जानकारी गराएका हुन् ।
