SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

महानिरीक्षक पौडेलको प्रतिबद्धता- सशस्त्र प्रहरीमा आर्थिक सुशासन र सीमा सुरक्षालाई प्राथमिकता दिने

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सीमा सुरक्षा, विपद् व्यवस्थापन र आर्थिक सुशासनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सङ्गठनको छवि सुधार्न र जनअपेक्षाअनुसार नतिजा दिन आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।