SHARE
अन्नपूर्ण · बिहीबार ११ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

सेनाको ब्यारेकमा ग्रेनेड विष्फोट : १ सैनिकको मृत्यु, अर्का गम्भीर घाइते

टीकापुर : कैलालीको लम्कीचुहा नगरपालिका-३ गोराङ्गेस्थिति नेपाली सेनाको ब्यारेकमा ग्रेनेड विष्फोट हुँदा एकजना सैनिक जवानको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन् ।स्रोतका अनुसार विष्फोटमा परी कञ्चनपुरका ३७ वर्षीय हिमालय विष्टको मृत्यु भएको छ भने धनगढी उपमहानगरपालिकाका ४२ वर्षीय हेमराज जैशी घाइते भएका हुन् । सुरक्षा स्रोतका अनुसार ब्यारेकभित्र सैन्य तालिम अर्थात्  नियमित कार्यक्रमका क्रममा अचानक ग्रेनेड विष्फोट हुँदा एक जवानको मृत्यु भएको भने एक घाइते भएका हुन् ।