फायरिङ अभ्यासका लागि खटिएका थिए सैनिक जवान विष्ट, ग्रिनेट विस्फोट हुँदा मृत्यु
टीकापुर : कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको हिमालविक्रम विष्टको मृत्यु भएको मृत्यु भएको छ। मोहन्याल गाउँपालिका वडा नं. ७ को जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा विष्टको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।डीएसपी तिमिल्सिनाका अनुसार कञ्चनपुरका बासिन्दा विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा दिउँसो १२ बजेतिर मृत्यु भएको हो ।
