SHARE
अन्नपूर्ण · बिहीबार ११ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा पनि नेपाली मारमा : महामन्त्री प्रदीप पौडेल

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदा समेत नेपाली उपभोक्ताले अझै पुरानै महँगो दरमा इन्धन खरिद गर्नुपरेको भन्दै गम्भीर आपत्ति जनाएका छन्।अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उच्चतम बिन्दु प्रतिब्यारेल $११७.६३ बाट घटेर प्रतिब्यारेल $६९.२१ मा ओर्लिँदा करिब ३० प्रतिशतको गिरावट आइसकेको भन्दै उनले यसको प्रत्यक्ष लाभ र राहतबाट आम नेपाली नागरिक बञ्चित हुनु दुःखद भएको बताए।