SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०५:३७ AM · 1 मिनेट पढाइ

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

एजेन्सी । इरानको विदेश मन्त्रालयले अमेरिकाले इरानी कच्चा तेल, पेट्रोकेमिकल्स र पेट्रोलियम उत्पादनहरूको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउँदै जनरल लाइसेन्स जारी गरेको जानकारी दिएको छ । यससँगै इरानको विदेशमा रोक्का रहेको सम्पती अब बिना अवरोध प्रयोग गर्न पाइने भएको छ ।