SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०५:४८ AM · 1 मिनेट पढाइ

जापानको इवाते प्रान्त नजिक ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

एजेन्सी । जापानको उत्तर-पूर्वी क्षेत्रमा पर्ने इवाते प्रान्त नजिक बिहीवार बिहान ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विज्ञान निकाय (जेएमए) काअनुसार भूकम्पको केन्द्रबिन्दु इवातेको पूर्वी तटीय क्षेत्रमा रहेको थियो । स्थानीय समयअनुसार बिहीवार बिहान ७ः३० बजे गएको उक्त भूकम्प जमिनको सतहबाट करिव ५० किलोमिटर गहिराइमा मापन गरिएको थियो ।