SHARE
कालिका खबर · बिहीबार ११ असार २०८३ ०४:२८ AM · 1 मिनेट पढाइ

भेनेजुएला भूकम्पबाट ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित

काठमाडौं । भेनेजुएलामा लगातार दुईपटकको शक्तिशाली भूकम्पले सबैभन्दा धेरै असर राजधानी काराकासको उत्तरमा अवस्थित ला गुएरा राज्यमा परेको छ । नेशनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजका अनुसार त्यहाँ कम्तिमा १५ वटा ठूला भवनहरू भत्किएको छ । राहत तथा उद्धार टोलीहरू भग्नावशेषमा फसेका मानिसहरूको खोजी गरिरहेका छन् । यसैबीच, भेनेजुएलाका गृहमन्त्री डिओसडाडो काबेलोले मानिसहरूलाई अत्यन्त सावधानी र सतर्कता अपनाउन आग्रह गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उनले मानिसहरूलाई वर्तमान अवस्थालाई गम्भीरतापूर्वक लिन र सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेका छन् । काबेलोले मानिसहरूलाई ठूला रूखहरू, भवनहरू र अन्य संरचनाहरूबाट टाढा रहन आग्रह गरे ।