SHARE
अन्नपूर्ण · बिहीबार ११ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

गोरखाको तिब्बती सीमा क्षेत्र र सीमा स्तम्भको संयुक्त अनुगमन

गोरखा : उत्तरी गोरखाको सामागाउँ र साम्दोस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी (बिओपी) को संयुक्त टोलीले नेपाल–तिव्वत सीमास्तम्भ तथा सीमा इलाकाको संयुक्त अनुगमन गरेको छ । चुमनुब्री गाउँपालिका–१ साम्दोमा रहेको बोर्डर आउटपोस्ट (बिओपी) का सशस्त्र प्रहरी, प्रहरी चौकी सामागाउँका नेपाल प्रहरी, जनप्रतिनिधि र अन्य स्थानीयबासीको संयुक्त टोलीले बुधबार रुइला नाका र त्यहाँ रहेको ३५ नंबर सीमास्तम्भको अवलोकन, निरीक्षण गरेको हो ।